पाल्पा,६ चैत ।
त्रिभुवन बहुमुखी क्याम्पस,पाल्पाको स्ववियु निर्वाचनमा मिश्रित परिणाम आएको छ ।
साे क्याम्पसकाे स्ववियु सभापतिमा पहिलोपटक अखिल क्रान्तिकारीले बाजी मारेको छ ।
सभापति पदमा अखिल क्रान्तिकारीका मिलन घर्ती मगर विजयी हुँदा सचिव र काेषाध्यक्षमा नेविसंघ विजयी भएको छ ।
क्रान्तिकारीका घर्ती मगरले ३९० ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्दी नेविसंघका कृष्ण अर्यालले ३४२ र अनेरास्ववियुकी अनुजा अर्यालले २८७ मत प्राप्त गरिन् भने
अनेरास्ववियू (स्वतन्त्र) का उमेश भण्डारीले १८५ मत प्राप्त गरेका छन् ।
स्ववियु सचिवमा नेविसंघका सुशिल बस्याल विजयी भएका छन् भने काेषाध्यक्षमा नेविसंघकै निस्सा राना विजयी भइन् ।
त्रिभुवन बहुमुखी क्याम्पस,पाल्पा १ हजार ८९४ मतदाता रहेकोमा कुल १ हजार २२८ मत खसेको थियो ।