बुटवल,६ चैत ।
स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनअन्तर्गत नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघ (नेविसंघ) ले अहिलेसम्म ९९ सयवटा क्याम्पसमा सभापति पद जितेको छ ।

अहिलेसम्मको मतपरिणामअनुसार नेकपा एमालेनिकट अनेरास्ववियुले ८६ क्याम्पसमा सभापति पद जितेको छ ।

नेविसंघले जितेका क्याम्पसहरूमा रूपन्देहीको हरैया बहुमुखी क्याम्पस,यज्ञाेदय दुधनाथ थारू बहुमुखी क्याम्पस,लिलाधर घिमिरे छपिया जनता कलेजलगायत रहेका छन् ।

त्यस्तै अनेरास्ववियुले जितेका क्याम्पसहरूमा रूपन्देहीको सहिद नारायण पाेखरेल बहुमुखी क्याम्पस रामापुर,देवदह आदर्श बहुमुखी क्याम्पस,पाल्पाको माण्डब्य बहुमुखी क्याम्पसलगायतका क्याम्पसहरू रहेका छन् ।

यद्यपि रूपन्देहीको देवदह आदर्श बहुमुखी क्याम्पस,पाल्पाको माण्डब्य बहुमुखी क्याम्पसलगायतका केही क्याम्पसहरूमा नेविसंघ र अनेरास्ववियुबीच समझदारीमा नेतृत्व चयन भएको बताइएको छ ।

लुम्बिनी प्रदेशकै महत्त्वपूर्ण क्याम्पसकाे रूपमा रहेको रूपन्देहीको बुटवल बहुमुखी क्याम्पस,लुम्बिनी बाणिज्य क्याम्पस,सिद्वार्थ क्याम्पस,राममणी बहुमुखी क्याम्पस,भैरहवा बहुमुखी क्याम्पसलगायतका क्याम्पसहरूमा निर्वाचन प्रक्रिया अबरुद्ध भएको छ ।