नवलपरासी,५ चैत ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जिल्ला समिति नवलपरासीले २७ औं सांस्कृतिक प्रतिरोध दिवसको अवसरमा बरिस्ठ साहित्यकारसमेत रहेका पुरानो पुस्ताको कम्युनिस्ट आन्दोलनका अगुवा एवं जनसांस्कृतिककर्मी बाबुराम गिरी ‘मुसाफिर’लाई सम्मान गरेको छ ।
उनलाई मंगलबार एक कार्यक्रमकाबीच ताम्रपत्र र दोसल्ला ओडाएर सम्मान गरेको हो ।
सम्मान कार्यक्रममा प्रमुख अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका बैकल्पिक केन्द्रीय सदस्य रवि पाण्डेयले सांस्कृतिक रुपान्तरण विना कुनै पनि राजनैतिक आन्दोलन सफल हुनै नसक्ने बताए । उनले संसदवादी राजनैतिक शक्तीहरुको गणतन्त्र बिरोधी राजनीतिको कारण गणतन्त्र माथि राजतन्त्र पक्षधरले धावा बोलेको उल्लेख गरे ।
कार्यक्रममा क्रान्तिकारी महिला सङ्गठन नेपाल नवलपरासी संयोजक समेत रहेकी प्रोत्साहन सांस्कृतिक परिवारको संयोजक मुक्तमाया महतोले शुभकामना ब्यक्त गरिन् ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी जिल्ला कार्यालय सदस्य दुर्गा नारायण चौधरीको अध्यक्षता अर्का कार्यालय सदस्य गणेश बहादुर ढकालको संचालनमा कार्यक्रम भएको थियो ।
कार्यक्रममा क्रान्तिकारी युवा संघका जिल्ला संयोजक राम प्रसाद अर्गेजा र अखिल ( क्रान्तिकारी ) का जिल्ला संयोजक रमेश पान्डेयलगायतको आतिथ्यता रहेको थियो ।






