काठमाडौ,५ चैत ।
राजधानी काठमाडौंबाट २५ करोड रुपैयाँ नगदसहित एक जना पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको टोखा झोर क्षेत्रबाट एक जनालाई उक्त रकमसहित पक्राउ गरेको हो ।

अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतका अनुसार पक्राउ परेका ब्यक्तिबाट २५ करोड रूपयाँ बरामद भएको छ । घटना बारे थप अनुसन्धान भइरहेको उनलेे बताए । ।

यसबारे विस्तृत विवरण पत्रकार सम्मलेन गरेर जानकारी दिने प्रहरीले जनाएको छ ।