काठमाडौँ,२ चैत ।
पुर्ब राजा ज्ञानेन्द्र शाह पक्षधरहरुले नारायणहिटी दरबार संग्राहलय अगाडि प्रदर्शन गरेका छन् । शाही युवा शक्ति नेपाल नामक संगठनको अगुवाईमा शनिबार दिउँसो राजावादीहरूले नारायणहिटी दरबार अगाडि प्रदर्शन गरेका हुन् ।
‘ज्ञानेन्द्र सरकारलाई तेस्रो पटक राजा घोषणा गरौँ । राजा जनता एक हौँ’ लेखिएको ब्यानर र राष्ट्रिय झण्डासहित आएको समूहले नारायणहिटीको प्रवेश द्वार अगाडि यातायात अवरुद्ध हुने गरेर प्रदर्शन गरिरहेका छन् ।
पछिल्लो समय राजावादी विभिन्न समूहहरू नारायणहिटी दरबार संग्राहलय अघि पुगेर राजसंस्था पुनर्स्थापनाको माग गर्दै प्रदर्शन गर्दै आएका छन् ।
यसअघि राजसंस्थाको वकालत गर्दै आएका राजनीतिक दल र समूहहरूले फागुन २५ गते काठमाडौंमा शक्ति प्रदर्शन गरेका थिए ।





