बुटवल,२९ फागुन ।
सस्कृतिक विविधतामा एकतानै नेपालको माैलिक संस्कृति रहेको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् ।
फागूपूर्णीमाको अवसरमा बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीले बिहिबार आयोजना गरेको होली मिलन कार्यक्रमका सहभागीहरुले विविधतामा एकताको रुपमा रहेको हाेली पर्व धार्मिक तथा सास्कृतिक सहिष्णुताका साथ मनाउनुपर्नेमा जोड दिएका हुन् ।
कार्यक्रममा बुटवल उपमहानरापलिकाका नगर प्रमुख खेलराज पाण्डेयले फागुपर्वले सबै नेपालीलाई सास्कृतिक एकताको शुत्रमा बाध्ने काम गरेको भन्दै यस्ता पर्वले आपसी सद्भाव र धार्मिक सहिष्णुता समेत कायम गर्दै आएको बताए । नेपाली समुदायले मनाउने पर्वको धार्मिक, साँस्कृतिक र ऐतिहासिक महत्व रहेको बताउँदै उनलेे यसको महत्वलाई आत्मसाथ गर्दै अगाडी बढ्न जरुरी रहेको उल्लेख गरे । बुटवल उपमहानरपालिकाले लामो समयदेखि विकास निर्माण सहितका सामाजिक, आर्थिक र धार्मिक क्षेत्रमा समेत धेरै काम गर्दै आएको बताउँदै उनले ‘समानता, स्वाभिमान र अवसर ः बस्नयोग्य बुटवल शहर’को सपना साकार पार्न सबैले हातेमालो गर्नुपर्नेमा जोड दिए ।
साे अवसरमा बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्यालले बुटवल उद्योग बाणिज्य संघले संघको स्थापना देखि नै रङ्गहरुको पर्वको रुपमा रहेको फागूपूर्णीमामा कार्यक्रम आयोजना गर्दै आएको स्मरण गर्दै अग्रजहरुको देखेको सपना साकार पार्न सबैले सहकार्य गर्नुपर्ने बताए ।
कार्यक्रममा संघका पुर्वअध्यक्ष अर्जुनमान शंैजूले फागु जस्ता पर्वले धार्मिक एकता समेत कायम गर्दै आएको बताए । उनले सामाजिक एकताको पर्वको रुपमा रहेको फाुगू पूर्णीमाले सबैमा सकारात्मक चिन्तनकाे विकास गर्नु पर्ने बताए । त्यसैगरी बुटवल उपमहानगरपालिका वडा नं. ६ का अध्यक्ष लोकनाथ न्यौपानेले बुटवलको विकासको लागि सबैजनाले सहकार्य गर्नुपर्नेमा जोड दिए ।
नेपाल ट्रेड युनियन काग्रेस प्रदेश अध्यक्ष काजीमान श्रेष्ठ, रुपन्देही व्यापार संघका सचिव मनहरी बस्याल, उद्योग व्यापार संघ बुटवलका महासचिव यमलाल मरासिनी,संघका वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरे, महासचिव मुक्तिप्रसाद अधिकारी, संघका पूर्व वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठ,पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डे लगायतले शुभकामना व्यक्त गरेका थिए ।






