बुटवल,२६ फागुन ।
लागूऔषध खैरो हेरोइन बेचबिखनको आशंकामा प्रहरीले तीन युवालाई पक्राउ गरेको छ । गाेप्य सुचनाका आधारमा प्रहरी आफैं नक्कली खरिदकर्ता बनेर ती युवाकहाँ पुगेको थियो ।
लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय भैरहवा र जिल्ला प्रहरी कार्यालय रूपन्देहीबाट खटिएको प्रहरी टोलीले सिद्धार्थनगर नगरपालिका –८ स्थित बैंक कलोनीका २ सय ५ ग्राम खैरो हिरोइनसहित तीन जनालाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी सुरज कार्कीका अनुसार पक्राउ पर्नेमा कपिलवस्तुको मायादेवी गाउँपालिका–३ का २४ वर्षीय विवेक पाण्डे, २३ वर्षीय स्वतन्त्र उपाध्याय र १८ वर्षीय अमजद खान रहेका छन् । उनीहरूबाट बरामद भएको खैरो हिरोइन परीक्षणका लागि बुटवलस्थित राष्ट्रिय विधि विज्ञान प्रयोगशाला शाखा कार्यालयमा पठाइएको छ ।