बुटवल,२१ फागुन ।
अब व्यक्तिले गोजीबाट रकम निकालेर नभई बिमा कार्डबाट उपचार सुनिश्चित गर्नु पर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बताएका छन् ।
स्वास्थ्य विमाबाट उपचार गर्ने व्यवस्था मिलाएर विमा रकम तिर्नेले तिर्नु पर्ने र विमा बाफतको पैसा तिर्न नसक्नेको राज्यले तिरिदिनु पर्ने बताए । ‘अब उपचार गोजीबाट पैसा निकालेर होइन, गोजीबाट विमा कार्ड निकालेर गर्ने उपचार गर्ने ब्यवस्था गर्नु पर्छ । विमा बाफतको शुल्क तिर्न सक्नेले अनिर्वाय रुपमा तिर्ने व्यवस्था गर्नु पर्छ । नसक्नेहरुको राज्यले दिनु पर्छ’, मन्त्री पौडेलले भने ।
नागरिक रिपब्लिक मिडियाद्वारा आज बुटवलमा आयोजित ”
म नागरिक, म बनाउँछु नेपाल” बिषयक कार्यक्रममा उनले स्वास्थ्य बिमा कोषलाई थप बलियो र सर्वसाधारणले सहज रूपमा सेवा प्राप्त गर्नसक्ने व्यवस्था मिलाउनुपर्नेमा जोड दिए । मन्त्री पौडेलले स्वास्थ्यलाई राज्यको पहिलो प्राथमिकतामा राख्दै सरकारी अस्पतालमा दरबन्दी वृद्धि र निजी क्षेत्रको निरन्तर विस्तारलाई सन्तुलनमा ल्याउनुपर्ने धारणा राखे ।
स्वास्थ्यमा अहिले जति बजेट छुट्टयाइएको छ साे अनुसार राज्यले स्वास्थ्यलाई प्राथमिकतामा राखेको भन्न नमिलने बताउँदै मन्त्री पौडेलले स्वास्थ्यमा बजेट बढाउन आफुले पहल गरिरहेको बताए ।
नागरिक याेगदानमा आधारित विमा प्रणाली लागु गर्नुपर्ने भन्दै उनलेे करको ०.५ प्रतिशत रकम विमा काेषमा जाने ब्यवस्था गर्न जरुरी रहेको उल्लेख गरे ।
बुटवल उपमहानगरपालिकाका नगर पम्रुख खेलराज पाण्डेयले बुटवलले शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर बजेट छुट्टयाइएको भन्दै बुटवललाई शिक्षा र स्वास्थ्यकाे हब बनाउन सबै लाग्नुपर्नेमा जाेड दिए । संस्कार सहितको शिक्षा र सीपसहितकाे शिक्षा अहिलेकाे आवश्यकता रहेको भन्दै उनलेे स्वास्थ्यसहितको शिक्षामा पनि बुटवलले जाेड दिएको बताए ।
बुटवल कालिका क्याम्पसका प्रमुख घनश्याम पाठकले बुटवलमा
क्याम्पसकाे कमि भएर नभई स्वदेशमै सेवा गर्ने दक्ष जनशक्ति उत्पादन गर्ने उदेश्यले बुटवल कालिका क्याम्पस स्थापना गरिएको भन्दै साेही अनुसारकाे जनशक्ति उत्पादन भइरहेको बताए । क्याम्पसले शिक्षासँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी समेत उत्पादन गरेको उनलेे बताए ।
क्याम्पस प्रमुख पाठकले नेपाल रिपब्लिक मिडियाले सचालन गरेको म नागरिक म बनाउछु नेपाल अभियानले युबा बिधार्थीहरु माझ देश प्रतिको दायित्व, जिम्मेवारी बोध गराउदै नेपालमै सम्भाबनाको खोजी गर्न भुमिका खेल्ने बताए ।
कार्यक्रममा मोटीभेस्नल स्पिकर बैंकर अनिल केसरी शाहले नेपाल प्रकृति र संभावनाको खानी देश भएकाे बताए । युबाहरुले देशमै सम्भाबना देख्ने वातावरण बनाउन सरकार, राजनितिक दल चुकेको भन्दै बैंकर शाहले अब देश बनाउन युबालाइ देशमै रोकिने वातावरण बनउनु पर्नेमा जोड दिए ।
अर्का मोटिभेस्नल स्पिकर तथा कोकाकोला कम्पनीका निर्देशक स्नेह राजभण्डारीले नेपालमा युबाहरुका लागि बर्तमान र भविष्य दुबै उज्यालो रहेको बताइन । देसको बिकास र रोजगारी सिर्जनाका लागि औधोगिक विकासमा ध्यान दिनु पर्नेमा उनले जोड दिइन ।
नेपाल रिपब्लिक मिडीयाका निर्देशक शोभा ज्ञवालीले युवा तथा महिला उद्यमशिलताको विकासकालागि नीतिगत तहबाटै विशेष पहल हुनुपर्ने बताएकी छन । निर्देशक ज्ञवालीले देशको आर्थिक समृद्धिकालागि स्वरोजगार सिर्जना गर्दै युवा तथा महिला उद्यमशिलताको विकासमा सबै लाग्नु पर्नेमा जोड दिइन ।
महिला उद्यमी महासंघका अध्यक्ष समेत रहेकी ज्ञवालीले युवाहरु नै देशको मेरुदण्ड भएको भन्दै मेरो देश म बनाउछु भन्ने सोच र उत्साह लिएर अगाडी बढ्नु पर्ने बताइन । सरकारले पनि युवाहरुलाइ स्वदेशमै सम्भावनाको खोजी गर्ने वातावरण तयार गर्दै देशको अर्थतन्त्रसंग जोड्नकालागि विशेष ध्यान दिनु पर्ने बताइन ।
‘युवाहरुले नगरेको होइन अहिले पनि युवाहरु नयाँ सोँचका साथ अगाडी बढने प्रयास गरीरहेका छन, देशमै केही गरौं गर्नु पर्छ भनेर लागेका युवा र महिलाहरुलाइ प्रोत्साहन गर्दै जनशक्तिको विदेश पलायन रोक्न सरकारले विशेष नीति बनाउनु पर्छ र सरकारको एक्लो प्रयासले मात्रै हुँदैन हामी सबै लाग्नु पर्छ’ ज्ञवालीले भनीन ।
कार्यक्रममा युबा बिधार्थीहरुले युवाहरुलाई शिक्षा, स्वास्थ्य र रोजगार सुनिश्चित गर्दै आशावादी बनाउन सरकारले बातावरण बनाउनु पर्ने बताए । शिक्षालाई ब्यबहारिक र शिपमुलक बनाउनुपर्ने सुझाब युबाहरुले दिए ।