नवलपरासी, १९ फागुन ।
मोहन बैद्य ‘किरण’नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल सम्बद्ध अखिल (क्रान्तिकारी) दिब्यज्योति बहुमुखी क्याम्पस मुल ईकाई समितिले ज्ञानोदय प्रावि बर्दघाट–३ कर्मैयालाई खेलकुद सामाग्री वितरण गरेको छ ।
सोमवार अखिल (क्रान्तिकारी)का जिल्ला संयोजक रमेश पाण्डेय र पूर्व बिद्यार्थी नेता रवि पाण्डेयको आमा पार्वती पाण्डेयको चौथो स्मृति दिवसको अवसरमा खेलकुद सामाग्री वितरण गरिएको जिल्ला सचिवलाय सदस्य तथा मुलईकाई समिति संयोजक आनन्द ढकालले जानकारी दिए ।
सो अवसरमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सदस्य तथा जिल्ला सेक्रेटरी समेत रहनुभएका युवा नेता रवि पाण्डेयले आमाको स्मृति दिवसको अवसरमा अखिल (क्रान्तिकारी) मार्फत बिद्यालयलाई सहयोग गर्न पाउदाँ गर्वानुभूति भएको बताए । उनले आफूले बि.स.२०४७ सालमा कक्षा एक पढेको बिद्यालयलाई सहयोग गर्नु पाउदाँ बाल्यकालको सम्झना आइरहेको बताए ।
कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक तारा बहादुर कुंवरले अखिल (क्रान्तिकारी)ले यस्ता सिर्जनसिल काम गर्दै अगाडी बढदै जानुपर्नेमा जोड दिदै धन्यवाद ज्ञापन गरे । कार्यक्रममा अखिल (क्रान्तिकारी)का जिल्ला संयोजक रमेश पाण्डेयलगायत ले आ आफ्नो भनाइ राखेका थिए ।
सो कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका जिल्ला सचिवालय सदस्य गणेश बहादुर ढकाल, रामचन्द्र पोखरेल ,रामप्रसाद अर्गेजा, महिला नेतृ लक्ष्मी घिमिरे, मुना कण्डेल, बिद्यार्थी नेतृ उमा अर्गेजा, बिद्यालयका अध्यक्ष शंकर प्रसाद श्रेष्ठ , बर्दघाट –३ का वडा सदस्य हर्ष नारायण कुमाल, पाण्डेय परिवारबाट दिपेश पाण्डेय , दिपीका पाण्डे र सम्पन्न पाण्डेय एंव बिद्यालयका शिक्षकहरुको सहभागीता रहेको थियो ।
सो अवसरमा बिद्यालयलाई फुटवल, ब्याडमिन्टन, स्कीपिङलगायतका सामाग्री प्रदान गरिएको बिद्यालयले जनाएको छ ।
त्यस्तै बि.स. २०७७ फागुन १९ गते निधन भएकी पार्वती पाण्डेयको परिवार माओवादी आन्दोलनमा सहभागी परिवार हो । उनि बि.स. २०५६ साल देखि अनेमसंघ क्रान्तिकारीको सदस्य रही पार्टीको इलाका कमिटीमा आबद्ध रहेर जनयुद्धलाई सहयोग गर्ने मध्येको रहेको जानकारहरु बताउछन् । बि.स २०१४ साल जेठ २४ गते जन्मनुभएकी पाण्डेयको २ छोरा २ बुहारी ४ छोरी १२ नाति नातिना छन् । बि.स. २०३४ को सुकुम्बासी आन्दोलनमा सहभागी उनि निडर स्वभाबका थिए ।