काठमाडौँ,१८ फागुन ।
स्वर्गद्वारी गुठीपीडित र प्रहरीबीच काठमाडौंको नयाँ बानेश्वरमा झडप भएको छ । आइतबार ‘स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समिति’ले गरेको प्रदर्शनमा झडप भएको हो ।

प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोजेपछि झडप भएको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी एसपी अपिलराज बोहराले बताए ।

एसपी बोहराका अनुसार झडपमा प्रहरी वृत्त सिंहदरबारका डीएसपी गंगा पौडेल घाइते भएका छन् । उनलाई उपचारका लागि सिभिल अस्पताल लगिएको छ ।

त्यस्तै प्रहरीले १२ जना गुठीपीडित प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएकामध्ये ५ महिला र ७ पुरुष रहेको एसपी बोहराले बताए ।