काठमाडौँ,१६ फागुन ।
आज बिहानै गएको भूकम्पमा परी ६ जना घाइते भएका छन् ।
सिन्धुपाल्चोक केन्द्रविन्दु भएर गएको भुकम्पका कारण एक प्रहरी कार्यालय, घर तथा गोठसहित ६ वटा भौतिक संरचना क्षति पुगेको छ ।
नेपाल प्रहरी,प्रहरी प्रधान कार्यालयका अनुसार सिन्धुपाल्चोक, भोजपुर, काठमाडौँ, दोलखा, संखुवासभा, म्याग्दी र धादिङमा घटना भएका छन् ।
भूकम्पले १ पूर्ण र ३ आंशिक गरी ४ घर, एउटा गोठमा क्षति पुगेको तथा सिन्धुपाल्चोकको कोदारीको प्रहरी कार्यालयमा क्षति पुगेको छ ।
काठमाडौँमा २ जना घाइते भएका छन् भने संखुवासभामा २ घरमा क्षति पुगेको छ । सिन्धुपाल्चोकमा एक कैदी घाइते भएका छन्। उता धादिङमा पनि एक प्रहरी घाइते भएका प्रहरी प्रवक्ता, प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले थाहाखबरलाई जानकारी दिए ।
तीन परिवार विस्थापित भएका पनि प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । आज बिहान २ बजेर ५१ मिनेटमा भूकम्प गएको थियो ।





