काठमाडौँ,१४ फागुन ।
पशुपतिनाथ मन्दिर परिसरबाट प्रहरीले ७५ जनालाई पक्राउ गरेको छ । महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिर क्षेत्रमा अवाञ्छित गतिविधि गरेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
लागु औषध गाँजा खाएर होहल्ला गर्ने तथा सिक्री लुट्न खोज्ने जस्ता अवाञ्छित गतिविधि गरेको पाईएपछि उनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले जानकारी दिए । पक्राउ पर्नेहरु सबै पुरुष हुन् । उनीहरुलाई प्रहरी वृत्त गौशाला र जिल्ला प्रहरी परिसर काठमाडौँमा राखिएको प्रहरीले जनाएको छ ।
महाशिवरात्री पर्वलाई मध्यनजर गरी पशुपतिनाथ मन्दिर क्षेत्रमा बोहराकै कमाण्डमा ४ हजार बढी प्रहरी परिचालन गरिएको छ ।






