बुटवल,११ फागुन ।
बुटवल उपमहानगरपालिकाको आयोजनामा आइतबारदेखि दोस्रो नगर स्तरीय अन्तर विद्यालय लोक नृत्य प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको एक कार्यक्रमकाबीच बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेयले उद्घाटन गरेका हुन् ।

साे अवसरमा नगर प्रमुख पाण्डेयले विद्यालय स्तरबाटै लोक सँस्कृति र कलाको संरक्षण र बिकास गर्ने उदेश्यले लाेक नृत्य प्रतियोगिता आयोजना गरिएको बताए ।

सबै जात जाती,भाषा भाषी तथा समुदायको कला,संस्कृतिकाे संरक्षण गर्नु स्थानीय सरकारकाे दायित्व भएको भन्दै नगर प्रमुख पाण्डेयले साेही जिम्मेवारी र दायित्व बाेध गरेर बुटवल उपमहानगरपालिकाले लाेक नृत्यलगायतका प्रतियोगिता सञ्चालन गर्दै आएको उल्लेख गरे ।
शिक्षा,स्वास्थ्य,खेलकुदका साथै लाेक संस्कृतिको माध्यमबाट पनि बुटवललाई चिनाउन यस्ता प्रतियोगिता उपयुुक्त हुने उनको विश्वास छ ।
उपप्रमुख सावित्रा अर्यालले बुटपलको शैक्षिक बिकासका लागि सैद्धान्तिक मात्र नभई व्यवहारिक शिक्षालाई समेत जोड दिइएको बताइन् ।
लोक सँस्कृति र खेलकुदको बिकासका लागि उपमहानगरले विद्यालय स्तरमा हुने गतिविधिलाई प्राथमिकता दिएको उल्लेख गरिन् ।
लोक नृत्य प्रतियोगितामा शनिबार २८ वटा सामुदायिक विद्यालयकाे सहभागीता रहेको थियो ।
दुई दिनसम्म सञ्चालन हुने प्रतियोगितामा सोमबार २२ वटा संस्थागत विद्यालयहरु बीच प्रतिस्पर्धा हुने सामाजिक बिकास महाशाखा प्रमुख तथा कार्यक्रम संयोजक दामोदर ज्ञवालीले जानकारी दिए । प्रतियोगितामा बरिस्ठ लाेक संगितकार दुर्गा रायमाझी, कृष्ण रेउले र डिल्लीनारायण पाण्डे निर्णायकको भूमिकामा रहेका छन् ।
प्रतियोगितामा संस्थागत तथा सामुदायिक विद्यालय गरि दुई फरक-फरक समुहबाट प्रथम हुनेलाई नगद राशी ७५ हजार, दोस्रो हुनेलाई ५० हजार तथा तृतीय स्थान हासिल गर्नेलाई ३५ हजार र सान्त्वना हुने २ विद्यालयलाई २५ हजार नगद पुरस्कार प्रदान गरिने बुटवल उपमहानगरपालिकाले जनाएको छ ।






