बुटवल,१० फागुन ।
बुटवलमा जारी दाेस्राे मेयर कप अन्तर विद्यालय फुटबल प्रतियोगितामा छात्र तर्फकाे उपाधि स्कलर्स हाेम स्कुलले हातपारेकाे छ ।

आज भएको फाइनल प्रतिस्पर्धामा न्यु हाेराइजन माविलाई १-० गाेल अन्तरले हराउँदै स्कलर्स हाेमले उपाधि हातपारेकाे हो ।

जितका लागि स्कलर्स हाेमका जर्सी नं ७ का सुशान्त थापा क्षेत्रीले पहिलो हाफको २१ मिनेटमा गरेको गाेलनै निर्णायक भयो ।

उपाधिसँगै स्कलर्स हाेमले नगद एक लाख पुरस्कारसहित रूपँया,शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

उपविजेता न्यु हाेराइजनले नगद ५० हजार,शिल्ड र प्रमाणपत्र प्राप्त गरेकाे छ ।

प्रतियोगितामा छात्र तर्फ स्कलर्स हाेमका सुशान्त थापा क्षेत्री उत्कृष्ट खेलाडी घाेषित भए भने सर्कलर्स होमकै नविन मश्राङ्गी उत्कृष्ट गाेल रक्षक घाेषित भए ।
न्यु हाेराइजनका होम थापा उत्कृष्ट मिड फिल्डर घाेषित हुँदा न्यु हाेराइजनकै प्रतिक थापा सर्वाधिक गाेलकर्ता घाेषित भए ।
थापाले ३ गाेल गरेका थिए ।
त्यस्तै स्कलर्स हाेमका सञ्जु थापा उत्कृष्ट डिफेन्डर घाेषित भए भने स्कलर्स हाेमकै सुमित पुलामी उत्कृष्ट फरवार्ड घाेषित भएको बुटवल नगर खेलकुद विकास समितिका अध्यक्ष बाेनिन पियाले जानकारी दिए ।

छात्रा तर्फ कालिका मानवज्ञान माविकी सिर्जना कडायत उत्कृष्ट खेलाडी घाेषित भइन् भने कालिकाकै किर्ती पराजुली सर्वाधिक गाेलकर्ताबाट पुरस्कृत भइन् ।
त्यस्तै कालिकाकी मुस्कान चाैधरी उत्कृष्ट गाेल रक्षक घाेषित भइन् भने कालिकाकै प्रस्था कार्की उत्कृष्ट डिफेन्डर घाेषित भइन् ।

गार्गी एकेडेमी नमिता भुसाल उत्कृष्ट फरवार्ड घाेषित हुँदा गार्गीकै वृष्मा पाठक उत्कृष्ट मिड फिल्डर घाेषित भएको बुटवल नगर खेलकुद विकास समितिकी प्रचारप्रसार संयोजक सुनिता गिरीले जानकारी दिइन् ।

छात्रा तर्फकाे उपाधि भने कालिका मानवज्ञान माविले जितेको छ भने गार्गी एकेडेमी उपविजेतामै सिमित भयो ।

उपाधिसहित कालिकाले नगद ५० हजार पुरस्कार,शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता गार्गीले नगद ३० हजार पुरस्कार,शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

विजेता,उपविजेता दुवै टोलीलाई नगर प्रमुख खेलराज पाण्डेयले पुरस्कार शिल्ड तथा प्रमाणपत्र वितरण गरे ।

साे अवसरमा नगर प्रमुख पाण्डेयले बुटवललाई खेलकुदकाे हव बनाउने उदेश्यले बुटवल उपमहानगरपालिकाले खेलकुदकाे क्षेत्रमा करोडौं बजेट छुट्याएको भन्दै विद्यालयबाटै खेलाडी उत्पादन गर्न विद्यालय तहमै खेलकुदमा लगानी गरेको जानकारी गराए ।

शिक्षा,स्वास्थ्यसँगै खेलकुदकाे माध्यमबाट पनि बुटवललाई चिनाउन बुटवल उपमहानगरपालिका आफैंले बिभिन्न ४८ विधाका खेलकुद प्रतियोगिता सञ्चालन गरिरहेको जानकारी गराउदै उनलेे केही प्रतियोगिताहरू खेल क्षेत्रसँग सम्बन्धि संघ संस्थाहरूसँगकाे सहकार्यमा सञ्चालन गर्ने बताए ।

बुटवल नगर खेलकुद विकास समिति अध्यक्ष बाेनिन पियाकाे अध्यक्षतामा भएको प्रतियोगिता समापन तथा पुरस्कार बितरण कार्यक्रम समितिका उपाध्यक्ष लालहरी पाण्डेले सञ्चालन गरेका थिए ।