बुटवल,८ फागुन ।
बुटवलमा जारी मेयर कप अन्तर विद्यालय फुटबल प्रतियोगिता अन्तर्गत चाैथाे दिन आज एक खेलाडीले राताे र तीन खेलाडीले पहेँलो कार्ड पाएका छन् ।
आज भएको कान्ति मावि र स्कलर्स हाेमबीचकाे क्वाटर फाइनल खेलमा कान्ति माविका टिम क्याप्टेन समेत रहेका शेखर खनालले राताे कार्ड पाएका हुन् ।
यसअघि उनलेे पहेँलो कार्ड पाएका थिए ।
चारपाला खेल मैदानमै भएको साे खेलमा कान्ति माविलाई ३-० ले हराउँदै स्कलर्स हाेम सेमिफाइनलमा प्रवेश गरेको छ ।
उता जवई खेलमैदानमा आज भएको खेलमा न्यु हाेराइजन माविमा गाेकुल राना, माेतिपुर माविका दिपेश चाैधरी र नयाँगाउ माविका संगित गाेतामेले पहेँलो कार्ड पाएकाे बुटवल नगर खेलकुद समिति सदस्य सेरजंग गुरूङले जानकारी दिए ।






