बुटवल,७ फागुन ।
बुटवलमा जारी मेयर कप अन्तर विद्यालय फुटबल प्रतियोगिता अन्तर्गत तेस्राे दिन आज पाँच खेल सम्पन्न भएको छ ।

बुटवलको तामनगर स्थित चारपाला खेल मैदानमा
आज भएको नवरत्न मावि र नविन औद्याेगिक माविबीचको खेलमा ४-१ गाेल अन्तरले नविन औद्याेगिक मावि विजयी भएको छ ।

चारपाला खेल मैदानमै भएको सरस्वती मावि र त्रिभुवन युनाइटेड स्कुल बीचको अर्को खेलमा सरस्वती मावि ३-० ले विजयी भएको प्रतियोगिताका रेफ्रि सेरजङ् गुरूङले जानकारी दिए ।

उता जवई खेलमैदानमा आजै भएको नयाँगाउँ मावि/ सरस्वती आधारभूत विद्यालयबीचको खेलमा ३-० ले नयाँ गाउँ मावि विजयी भएको छ भने ज्ञानाेदय मावि र माेतिपुर माविबीचको खेलमा ४-० ले माेतिपुर मावि विजयी भएको छ ।

त्यस्तै जवई खेलमैदानमै आज भएको प्रगति मावि र न्यु होराइजनबीचकाे खेलमा २-० ले न्यु होराइजन विजयी भएको प्रतियोगिताका रेफ्रि सेरजंग गुरूङले जानकारी दिए ।

प्रतियोगिता अन्तर्गत भाेली ८ गते बिहीबार चारपाला खेल मैदानमा नविन औद्याेगिक मावि/ सरस्वती मावि तथा कान्ति मावि /स्कलर्स हाेमबीच प्रतिस्पर्धा हुने प्रतियोगिताका खेल कमिसार हरिप्रसाद श्रेष्ठले बताए ।

त्यस्तै जवई खेलमैदानमा छात्र तर्फ नयाँगाउँ मावि/न्यु होराइजन र माेतिपुर/ अक्सफोर्ड माविबीच प्रतिस्पर्धा हुदैछ भने छात्रा तर्फ न्यु होराइजन/अक्सफोर्ड मावि तथा कान्ति मावि / गार्गी माविबीच प्रतिस्पर्धा हुने छ ।

प्रतियोगितामा छात्रतर्फ २५ टिम र छात्रातर्फ १० टिमको सहभागिता रहेको नगर खेलकुद बिकास समितिका अध्यक्ष पियाले जानकारी दिए ।