बुटवल,२७ माघ ।
बुटवलमा आजबाट महिलाहरूलाई पन्चेबाजा बजाउने तालिम सुरु भएको छ ।

१५ दिने तालिमको आज एक कार्यक्रमकाबीच बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले उद्घाटन गरेका हुन् ।

त्यस अवसरमा नगर प्रमुख पाण्डेयले नेलीहरूकाे माैलिक संस्कृतिको संरक्षण गर्नुका साथै आयआर्जनमा बृृद्वि गर्ने उदेश्यले बुटवल उपमहानगरपालिकाले महिलालाहरूलाई पन्चेबाजा बजाउने तालिम दिएको बताउदै यसबाट लाेक संस्कृतिको जगेर्ना हुनुका साथै आयआर्जनमा बृद्वि हुने बिश्वास ब्यक्त गरे ।

आफुहरू निर्वाचित भएपछि बुटवल उपमहानगरपालिकाले सबै जातजाति,भाषाभाषी र समुदायको समान अस्तित्व स्थापित गर्ने योजना अगाडि बढाएको भन्दै नगर प्रमुख पाण्डेयले साेहिअनुसार बिभिन्न किसिमका सीपमूलक तालिम प्रदान गर्दै आएको बताए ।

तालिममा नगर भित्रका पाँच महिला समुहका ६५ जनाकाे सहभागीता रहेको छ ।

बुटवलको दिपनगर स्थित नन्दनी गौशालामा आयोजित तालिममा संगितकार सुरेश सेन्चुरी,अनिल पहाडी र सरिता पन्थी सुनारले प्रशिक्षण दिने उपप्रमुख सावित्रा देवी अर्यालले जानकारी दिइन् ।

पहिलो चरणमा पाँच महिला समुहलाई तालिम दिन लागिएको र यो तालिम सकिनासाथ अर्को पाँच समुहलाई तालिम दिने योजना रहेको बुटवल उपमहानगरपालिका सामाजिक परिचालन शाखा प्रमुख दामोदर ज्ञवालीले बताए ।