Share this News on Social Networking Pages

काठमाडौँ,२३ माघ ।
एकीकृत निर्वाचनसम्बन्धी विधेयक तर्जुमा गरी यथाशिघ्र संघीय संसदमा पेश गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ ।

बुधवार बसेको राष्ट्रियसभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले एकीकृत निर्वाचनसम्बन्धी विधेयक तर्जुमा गरी यथाशिघ्र संघीय संसदमा पेश गर्न सरकारलाई निर्देशन दिएको हो ।

बैठकपछि समिति सभापति सोनाम गेल्जेन शेर्पाले समितिले निर्वाचन आयोग नेपालको रिक्त निर्वाचन आयुक्त पदमा यथाशिघ्र नियुक्ति गर्न निर्देशन दिने निर्णय गरेको जानकारी दिए ।

उनले भने,‘एकीकृत निर्वाचनसम्बन्धी विधेयक तर्जुमा गरी संघीय संसदमा यथाशिघ्र पेश गर्न नेपाल सरकारलाई निर्देशन दिने। निर्वाचन आयोग नेपालको रिक्त निर्वाचन आयुक्त पदमा यथाशिघ्र नियुक्ति गर्न निर्देशन दिने ।’

समितिले आजको बैठकमा नेपालको निर्वाचन प्रणालीबारे निर्वाचन आयोगको धारणासम्बन्धमा छलफल गरेको हो ।