काठमाडौं,२२ माघ ।
नेपाल भ्रमणमा रहेका बेलायती राजकुमार एडवार्ड र उनकी धर्मपत्नी सोफियाले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् ।
उनीहरुले मंगलबार राष्ट्रपति भवन शितलनिवासमा राष्ट्रपति पौडेलसँग भेट गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
नेपालले जलवायु परिवर्तनकै विषयलाई लिएर सगरमाथा संवादको थालनी गर्न लागेकोबारे पनि राजकुमारलाई जानकारी गराए । उक्त मञ्चको पहिलो संस्करण आगामी १६ देखि १८ मेसम्म काठमाडौँमा ‘जलवायु परिवर्तन, हिमाल र मानवको भविष्य’ विषयमा हुँदैछ । राष्ट्रपति पौडेलले बेलायतका राजपरिवारका सदस्यहरूबाट विभिन्न समयमा हुँदै आएका नेपाल भ्रमणले दुई देशबीचको सम्बन्धलाई अझ मजबुत पार्न योगदान दिएको प्रतिक्रिया दिए । साथै उनले महारानी एलिजाबेथ द्वितीय र राजकुमार फिलिपबाट सन् १९६० र १९८६ मा नेपालको राजकीय भ्रमण भएको स्मरण समेत गरे ।
साथै सो अवसरमा उनले नेपाली नागरिक र आफ्नातर्फबाट राजा चार्ल्सको व्यक्तिगत सुख एवम् सुस्वास्थ्यको शुभकामना व्यक्त गरेका छन् ।
उनीहरु माघ २७ गते स्वदेश फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।