Share this News on Social Networking Pages

काठमाडौं,२२ माघ ।
त्रिदेशीय महिला टी-२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृङ्खलामा आज नेपालले शीर्षस्थानमा रहेको थाइल्याण्डको सामना गर्दैछ । खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो सवा १२ बजे शुरु हुनेछ ।

लगातार तेस्रो हार व्यहोरेको नेपाल प्रतियोगितामा पहिलो जित निकाल्न चाहन्छ । तर अपराजित रहेको थाइल्याण्डसामु नेपालका लागि त्यति सहज भने छैन । शृङ्खलामा लगातार तेस्रो जित हात पारेको थाइल्याण्ड ६ अंकसहित शीर्ष स्थानमा रहेको छ । नेदरल्याण्ड्सले चार खेलमा ४ अंक जोडेको छ । यसअघिका ३ खेल हारेकाे नेपाल अंकविहीन छ ।