Share this News on Social Networking Pages

पाेखरा,२१ माघ ।
प्रदेश स्थापना दिवसका अवसरमा भाेली मंगलबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा हुने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले माघ २२ गते मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव सुरणप्रसाद शर्मा पौडेलले सूचना जारी गर्दै मंगलबार गण्डकी प्रदेशभित्रका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा दिने निर्णय भएको जनाएका हुन् ।