म्याग्दी,२० माघ ।
म्याग्दीका जिल्ला समन्वय समिति प्रमुख सहकारी ठगी मुद्दामा पक्राउ परेका छन् ।
सहकारीकाे बचत अपचलन गरेको आराेपमा जिसस प्रमुख राजकुमार थापा पक्राउ परेको प्रहरी स्रोतले जानकारी दिएकाे छ ।
प्रमुख थापासहितको समुहले कुमारी सहकारीको डेढ अर्ब रकम हिनामिना गरेको आरोप छ । सहकारीकाे रकम हिनामिनाका मुख्य योजनाकार रहेको आरोपसहितको प्रतिवेदन
गत वर्ष नै प्रहरीले बुझाएको थियो ।
सहकारीको रकम सञ्चालकले ढुकुटी खेलाउने, निजी स्कुल र घरजग्गामा लगाउनेजस्ता व्यक्तिगत स्वार्थमा प्रयोग गरेको उक्त प्रतिवेदनमा उल्लेख छ ।