काठमाडौँ,१६ माघ ।
एन्फा महिला लिग फुटबल प्रतियोगिताको उपाधि नेपाल एपिएफ क्लबले जितेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको फाइनल खेलमा
नेपाल पुलिस क्लबलाई ४–० गोलअन्तरले पराजित गर्दै
एपिएफ क्लबले उपाधि हातपारेकाे हो ।
सविता राना मगरको २ गोलमा एपिएफले पुलिसलाई ४–० गोलअन्तरले विजयी भएको हो ।
एपिएफको जितमा सवितासँगै सरु लिम्बू र अनु लामाले समान एक एक गोल गरे । खेलको ६४औँ मिनेटमा अनिता केसीले दिएको बलमा सविता राना मगरले गोल गरिन् । खेलको ६९औँ मिनेटमा एपिएफकी अर्की खेलाडी सरु लिम्बूले गोल गर्दै टिमको अग्रता दोब्बर बनाइन् ।
खेलको ८३औँ मिनेटमा प्रिति राईको पासमा सविताले अर्को गोल गरिन् । त्यसपछि खेलको दोस्रो हाफको अतिरिक्त समयमा अनु लामाले गोल गर्दै टोलीलाई ४–० को जित दिलाइन् । उपाधिसँगै एपिएफले रु १० लाख तथा उपविजेता पुलिसले रु पाँच लाख प्राप्त गरेको छ ।