
एजेन्सी,१६ माघ ।
भारतको उत्तर प्रदेश राज्यस्थित प्रयागराजमा आयोजित महाकुम्भ मेलामा मंगलबार मध्यराति भागदौड मच्चिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ । घटनामा कम्तिमा ४०/५० जना घाइते भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
स्वरूप रानी अस्पतालमा १४ वटा शव पोस्टमार्टमका लागि पुर्याइएको दैनिक भास्करले जनाएको छ । यद्यपि भागदौडमा कतिजना घाइते भए र कतिको मृत्य भयो भन्ने आधिकारिक जानकारी आइसकेको छैन ।
भागदौडपछि मानिसका सरसामान, लुगा, कम्बल र झोला जताततै छरिएका छन् । होहल्लाका कारण एकाएक भागदौड मच्चिएको जनाइएको छ । भागदौडपछि प्रशासनको अनुरोधमा अमृत स्नान रद्द गरिएको छ ।