पाेखरा,१५ माघ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको
पुनरावेदनमा उच्च अदालत पोखराले जिल्ला अदालत कास्कीबाट भएको आदेशको कैफियत प्रतिवेदन झिकाउने आदेश गरेको छ ।
मंगलबार न्यायाधीश मीलनकुमार राईको इजलासले कैफियत प्रतिवेदन झिकाउने आदेश गरेको हो । पाेखराकाे सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुछिएका रविले ६५ लाख धरौटी माग्ने जिल्ला अदालतको आदेशविरुद्ध पुनरावलोकनको माग गर्दै सोमबार उच्च अदालत पाेखरामा निवेदन दर्ता गराएका थिए ।
कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले गत पुस २५ गते ६५ लाख धरौटीमा छाड्न आदेश दिएको थियो । सामान्य तारेखमा रहेर मुद्दाको पुर्पक्ष गर्न माग गर्दै रवि निवेदन लिएर उच्च अदालत पुगेका थिए ।