बुटवल,१५ माघ ।
बुटवल उपमहानगरपालिका वडा नं ८ सुख्खानगर क्षेत्रमा जथाभावी टांगिएका केबुल तार हटाउने काम सुरुवातमा भएको छ ।
बजारको साैेन्दर्यकरणलाई मध्यनजर गरी अब्यवस्थित रूपमा टांगिएका केबुल तारहरू हटाउन थालिएको वडा अध्यक्ष यज्ञप्रसाद पंगेनीले जानकारी दिए ।
वडा कार्यालयले नेपाल विद्युत प्राधिकरणकाे सहयोगमा बजारमा यत्रतत्र अब्यवस्थित रूपमा टांगिएका तारहरू हटाउन थालिएको वडा अध्यक्ष पंगेनीले बताए ।
त्यसका लागि वडा कार्यालयले केही रकम छुट्टयाइएको उनको भनाइ छ ।
अब्यवस्थित तार हटाउने कार्यमा वडा अध्यक्ष पंगेनी आफै खटिएका छन् ।
सडकमा अब्यवस्थित टांगिएका तार हटाएका ठाउँ राम्रो देखिएको स्थानीयले बताए ।