पाेखरा,१४ माघ ।
पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा धरौटी बदरको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति उच्च अदालत पुगेका छन् ।
कास्की अदालतले सूर्यदर्शन सहकारी ठगी मुद्दामा लामिछानेसँग ६५ लाख धरौटी मागेको थियो ।
उक्त धरौटी बदर गरी साधारण तारेखमा बसेर मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने माग गर्दै लामिछानेले साेमबार पोखरा उच्च अदालतमा निवेदन दिएका हुन् ।
यसअघि लामिछानेलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग राखेर जिल्ला सरकारी वकिल कार्यालय उच्च अदालत पुगेको थियो ।
लामिछाने आइतबार रूपन्देही जिल्ला अदालतमा एक करोड धराैटीमा छुटेका थिए ।