नवलपरासी,११ माघ ।
साहित्यकार तथा पत्रकार रवि पाण्डेयद्वारा लिखित सङ्घर्षको मैदानबाट मुक्तक संग्रह शुक्रबार एक कार्यक्रमकाबीच बिमोचन भएको छ ।

क्रान्तिकारी पत्रकार महासंघका पूर्व महासचिव समेत रहेका पाण्डेयको यो दोस्रो कृति हो । विकल्प साहित्यिक उपनामले परिचित पाण्डेयको यस अघि रक्तक्रान्ति प्रगतिशिल गजल संग्रह (२०६५) प्रकाशित कृति रहेको छ ।

बि.स.२०६० दिब्यपल्लबी साहित्यिक मासिक पत्रिकाबाट साहित्यिक यात्रा तय गरेका उनले प्रगतिशील साहित्यमा जोड दिदै कविता, मुक्तक, गजल, निबन्ध र विचारधारात्मक आलेखहरु लेख्दै आएका छन् ।

करिब दुई दशकको पत्रकारितामा अनुभव गरेका पाण्डेयले कविता र निबन्ध संग्रहको समेत प्रकाशनको तयारी भइरहेको जानकारी दिए । उनै पाण्डेयद्वारा लिखित सङ्घर्षको मैदानबाट मुक्तक संग्रह शुक्रवार बर्दघाट–१० अल्हावलस्थित ज्ञानज्योति माविको प्रांगणमा एक समारोहबीच बिमोचन गरिएको हो ।

बर्दघाट प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेको सो कृति प्रतिष्ठानकै आयोजना र बर्दघाट नगरपालिका वडा नम्बर ८,९,१० र ११ को सहकार्यमा भएको १२ औं घुम्ती कार्यक्रममा बिमोचन गरिएको छ ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव समेत रहेका माक्र्सवाद सौन्र्दय चिन्तक मोहन बैद्य किरणले शुभकामनामा शब्द लेखेको उक्त संग्रहमा बरिष्ठ साहित्यकार तथा गजलकार डा.घनश्याम परिश्रमीले भुमिका लेखेका छन् ।

कार्यक्रममा बर्दघाट प्रज्ञा प्रतिष्ठानको कुलपति समेत रहेका डा.परिश्रमी, प्रतिष्ठानका सदस्य सचिव शरद पौड्याल र वडा नम्बर १० का वडाध्यक्ष राजु मिश्रले संयुक्त रुपमा बिमोचन पुस्तक गरेका थिए । बिमोचन पछि बोल्दै प्रमुख अतिथि मिश्र, अतिथि वक्ता एंव सहभागीहरुले रवि विकल्पको कृति बिमोचन गर्दा पाउदाँ निकै हर्ष लागेको बताउदै यस्ता कार्यक्रमहरुले नव सर्जकहरुलाई सहयोग पुग्ने बताए ।

कार्यक्रममा प्रतिष्ठानका प्राज्ञ सभा सदस्यहरु क्रमशः दीप प्रकाश लोहनी, रामहरि शर्मा, एकनारायण तिमिल्सिना लगायत अतिथि थिए । सो अवसरमा अस्मिता घिमिरे, समीक्षा दुलाल, आयुषा भुसाल,सुप्रिया न्यौपाने ,प्रकृति गिरी, सारिका रिमाल, संस्कृति पंगेनी, कृति महत क्षेत्री, कृषा बिक, आकृति भुजेल, एलीना न्यौपाने, रोशिका खत्रीलगायत नवसर्जक तथा कलाकारहरुले आफ्नो नृत्य एंव कला तथा साहित्य रचना प्रस्तुत गरेका थिए ।

प्राज्ञ सभा सदस्य तोयानाथ चौधरी (विनोद) काे स्वागत र बिद्यालयका प्रधानाध्यापक नरनाथ लामिछानेकाे संचालनमा
कार्यक्रम सम्पन्न भएको शक्ति पौडेल दर्शनले जानकारी दिए ।