बुटवल,१० माघ ।
पुर्ब राजा ज्ञानेन्द्र शाह बिहीबार भैरहवाको बसडिलवा स्थित ऐतिहासिक शिव मन्दिरकाे दर्शन गर्नुका साथै पुजाआरधना गरेका छन् ।

बिगत एकहप्तादेखि रूपन्देहीको काेटिहवा स्थित टाइगर प्यालेस रिसोर्टमा बस्दै आएका पुर्ब राजा ज्ञानेन्द्र शाह बिहीबार दिउँसो भैरहवाको बसडिलवामा रहेको शिव मन्दिरकाे दर्शन गर्नुका साथै पुजाआजामा सरिक भएका हुन् ।

त्यसक्रममा स्थानीय हजारौं जनताले पुर्ब राजा ज्ञानेन्द्रलाई पन्चेबाजा र फुलमालाले स्वागत गरेका थिए ।
माघकाे चिसोका बाबजुद पुर्ब राजा ज्ञानेन्द्रकाे स्वागतमा हजारौं जनता सहभागी भएको राष्ट्रिय शक्ति नेपालका केन्द्रीय अभियन्ता रूपसिं थापाले जानकारी दिए ।
पुर्ब राजा ज्ञानेन्द्रलाई स्वागत गर्न उपस्थित भएका जनताहरूले ज्ञानेन्द्रकाे जयजयकार गर्नुका साथै राजा आउ देश बचाउकाे नारा समेत लगाएको राष्ट्र राष्ट्रियता धर्म संस्कार तथा नागरिक बचाउ महाअभियानका अभियानका अभियन्ता दिनेश भण्डारीले बताए ।
यही माघ ४ गते बाकेकाे नेपालगञ्ज स्थित साेल्टी होटलबाट स-परिवार रूपन्देही आएका पुर्ब राजा ज्ञानेन्द्र शाह हाेटल साेल्टीकै ब्यवस्थापन गर्दै आएको रूपन्देहीको काेटिहवा स्थित टाइगर रिसोर्टमा बस्दै आएका छन् ।






