बुटवल,९ माघ ।
केही दिनदेखि रूपन्देहीको काेटिहवा स्थित टाइगर रिसोर्टमा बस्दै आएका पुर्ब राजा ज्ञानेन्द्र शाह बिहीबार भैरहवाको बसडिलवा रहेको शिव मन्दिरकाे दर्शन गर्ने भएका छन् ।

पुर्ब राजा ज्ञानेन्द्र शाह बिहीबार दिउँसो २.३० बजे भैरहवाको बसडिलवामा रहेको शिव मन्दिरकाे दर्शन गर्नुका साथै पुजाआजा गर्ने कार्यक्रम तय भएको राष्ट्रिय शक्ति नेपालका केन्द्रीय अभियन्ता रूपसिं थापाले जानकारी दिए ।

पुर्ब राजा ज्ञानेन्द्र सवारी हुने भएपछि मन्दिरको सरसफाइ गरिनुका साथै सिंगारिएकाे छ ।

यही माघ ४ गते बाकेकाे नेपालगञ्ज स्थित साेल्टी होटलबाट स-परिवार रूपन्देही आएका पुर्ब राजा ज्ञानेन्द्र शाह हाेटल साेल्टीकै ब्यवस्थापन गर्दै आएको रूपन्देहीको काेटिहवा स्थित टाइगर रिसोर्टमा बस्दै आएका छन् ।