–प्रेम सुबेदी
नेपालको रजनीतीमा बेग्ला बेग्लै पक्ष नागरिक समाज , राजनीतिक पार्टी ,विभिन्न संघ सस्था सबै कोणबाट देशको राजनीतिक निकास खोज्न प्रयत्न गरे पनि त्यसले सार्थकता पाउन सकिरहेको छैन । बिरामीको बर्षौ उपचार गर्दा रोग पत्ता नलागे जस्तै बनेको छ नेपालको राजनीतिक अवस्था । यसलाई कसैले नेतृत्वको असफलता बताउँछन् त कतिपयले साशकिय स्वरुप ,कसैले निर्वाचन प्रणालीमा दोष देख्छ त कसैले सघियता र अलि पृथक बिचार हुनेहरू यो ब्यवस्थामा नै खोट रहेको देख्छन । यी बहसहरु आआफ्नो ठाउँमा चल्दै आएका छन र चल्दै पनि जालन । तर नेपालको राजनीतिमा रहेको क्रोनिक भनेको मुख्यतः राज्यसत्ताको प्रतिक्रियावादी चरित्र नै हो।जसले देशको आवस्यकता र जनताका चाहानालाई भन्दा साम्राज्यवाद र बिस्तावादको सेवा र दलाली मात्रै गर्दै आयो । देशमा विभिन्न समयमा भएका राजनीतिक परिवर्तनले त्यो राज्यसत्ताको प्रश्नलाई ठिक ढ्ङ्गले हल गर्न सकेन ।
राजनीति र राज्य सत्ताको बिषय समाजको वर्ग सापेक्ष प्रश्न भएकोले नेपालको राजनीती पनि त्यो कुरावाट अलग छैन ।र ,अहिले सम्म भएका ऎतिहासिक सघर्ष जनआन्दोलन , बिद्रोह वा जनयुद्धले पनि आफ्नो उद्देश्य पुरा गर्न सकेनन र ती सबै सघर्षहरु मुलतः सम्झौतामा टुङ्गिए। जसले नेपालको राजनीति थप अन्यौलग्रस्त बन्यो ।यसको अर्थ नेपालको राजनीतिमा कुनै उपलब्धि नै भएन भन्ने होइन । बरु, ती उपलब्धिहरुले देश र जनताको आवस्यकता पुरा हुन सकेन भन्ने् यथार्थता अहिले समजमा देखिएका अन्तरबिरोधले नै प्रष्ट देखाउछ । तसर्थ , जनता र देशको आवस्यकतालाई पूरा गर्न अहिले सम्म प्रयोगमा आएका ब्यवस्थाद्वारा सम्भव भएन र त्यो भन्दा उन्नत र प्रगतिशील ब्यवस्थाले मात्र यो अन्तरबिरोध हल गर्न सक्दछ र हाम्रो प्रयत्न त्यो दिशामा हुनु पर्दछ । अहिलेको संसदीय लोकतान्त्रिक गणतन्त्रमा जनाधिकारका केहि हकहरु सम्बोधन भए पनि देशको राष्ट्रिय स्वाधीनता र जनताको आर्थिक समस्यालाई सम्बोधन गर्न सकेन । त्यसैले त्यो अधुरो कामलाई पुरा गर्ने उद्देश्यलाई केन्द्रबिन्दुमा राखेर बहस छलफल र बिमर्श गरियो भने मात्र सहि निष्कर्षमा पुग्न सकिएला अन्यथा देश थप संकटको भुमरीमा जाने निश्चित जस्तै छ। देशको कुनै पनि पार्टी वा सचेत नागरिक अहिलेको राजनीतिबाट सन्तोष देखिदैन र आ आफ्ना ठाउँवाट निकास खोज्न प्रयत्नशील रहेको देखिए पनि परिणाम त्यस्तो केहि देखिदैन । राजनीतिमा नियत वा आसयको पनि अर्थ र महत्व हुन्छ तर निर्णायक कुरा परिणाम नै हो ।
जस्तो आर्थिक आधार छ राजनीतिक ब्यवस्था पनि त्यस्तै बन्छ भन्ने कुरा आम मान्यता हो र नेपालको राजनीति पनि त्यही गोलचक्करमा कैद हुदै आएको छ । नेपालका सबै आन्दोलन वा सघर्षमा जनताले गरेको त्याग बलिदान र समर्पणले जुन उचाई कायम गर्यो ।राजनैतिक नेतृत्वले त्यो उचाईलाई आत्मसात गर्न सकेन जसको परिणाम हरेक आन्दोलन सबै सम्झौतामा टुङ्गिए । त्यसैको नियति जनताले नराम्रो गरि भोग्नु परेको छ । राजनीतिक रुपमा नेपाली जनताले गरेको सघर्षको गौरव गाथा जसरी बिश्वब्यापी बन्यो , तर आर्थिक र प्राबिधिक क्षेत्रमा पछाडी रहनुले कैयौं राजनैतिक उपलब्धिहरु सस्थागत हुन सकेनन् । हरेक आन्दोलन वा सघर्षको टुङ्गो अन्ततः साम्राज्यवाद र मुख्यतः भारतीय बिस्तारवादको अगुवाइमा हुनुले नेपालको स्वतन्त्र भुमिका कमजोर रहेको् यथार्थलाई देखाउछ । त्यसका पछाडि हाम्रो अर्थतन्त्रमा रहेको परनिर्भरता , भारतीय पुजीको एकाधिकार , नेपालका शासकहरु तथा राजनीतिक पार्टीहरुको सम्झौतापरस्त नीति र दलालीका कारण देशको स्वाभिमान , स्वतन्त्र अर्थतन्त्रमा गम्भीर नकारात्मक असर पर्दै आएको छ ।
नेपालाको राजनीतिमा रहेका यी विभिन्न जटिलता र संकटको समाधान संविधानको संसोधन , शासकीय स्वरुपमा हेरफेर , निर्वाचन प्रणालीको सुधार जस्ता बिषयले समाधान दिदैन र त्यो विकल्प पनि होइन ।यसका साथै कतिपय ब्यक्ति वा पार्टीले मौजदा पार्टी र नेतृत्वबाट अहिलेको समस्या समाधान नहुने भएकोले नयाँ ब्यक्ति वा नयाँ शक्तिले नै त्यो निकास दिन सक्छ भन्दै परम्परागत पार्टी र नेतृत्वको शासनबाट आजित भएको असन्तोष र निरास पङ्तिलाइ आफ्नो भोट बैकको रुपमा प्रयोग गरेर ब्यवस्था होइन अवस्था परिवर्तन गर्ने जुन नार दिए । त्यो पनि अब पानीको फोका फुटे जस्तै बजारमा पोखिएको छ । त्यो राजनैतिक विकल्प थिएन होइन र हुदैन पनि । त्यसले अहिलेको राजनीतिक निकास खोज्दा बिद्यमान ब्यवस्था र सत्ता भित्रबाट सम्भव छैन । तसर्थ , अबको बैकल्पिक राजनैतिक बाटो भनेको बिद्यमान प्रतिक्रियावादी राज्यसत्ताको अन्त्य र जनताको जनवादी राज्यसत्ता स्थापनां गर्दै बैज्ञानिक समाजवाद निर्माण गर्नु हो । त्यसका लागि एकातिर दलाल नोकरशाही पुजिवाद र कमजोर अवस्थामा रहेको सामन्तवर्गको अन्त्य र अर्कोतिर साम्राज्यवाद / बिस्तारवादको शोषणलाई समाप्त गरेर त्यो ऎतिहासिक कार्य पूरा हुनेछ। उक्त कार्य सम्पन्न गर्न तथा देशको राजनीतिक दिशालाई सहि बाटोमा डोराउन मुख्यतः कम्युनिस्ट क्रारिकारीहरु , देशभक शक्तिहरु ,उत्पीडित वर्ग मजदुर किसानहरु , उपेक्षित र उत्पीडित समुदाय दलित आदिवासी जनजाती र अल्पसंख्यक समुदाय तथा निम्न मध्यमवर्गीय उद्योग ब्यापारीहरु र राष्ट्रिय पुजिपतिहरु समेतको व्यापक संयुक्त मोर्चा निर्माण गर्दै जनस्तरबाटै सघर्षको बिकास गरेर मात्रै अहिलेको राजनीति निकास सम्भव हुबेछ । त्यसका लागि सबै क्षेत्रवाट रचनात्मक पहल र आवस्यक वातावरण निर्माण गरौं ।
(लेखक क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका नेता हुन् )