काठमाडौ,७ माघ ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यबहाक महासचिव सिपी गजुरेल ‘गौरव’ भारत र चीन मिलेर नेपाली भुभाग लिपुलेकमा सडक निर्माण गर्नु नेपालको सार्बभौमसत्ता बिरुद्धको काम भएको बताएका छन् ।
नेपाली भुमि लिपुलेक प्रयाेग गर्ने सम्बन्धमा भारत-चीनले गरेकाे सहमति विरुद्ध आइतबार पार्टीले शान्तिबाटिकामा आयोजना गरेको विराेध प्रदर्शनकाे क्रममा नेता गजुरेलले उक्त कुरा बताएका हुन् । उनले भने “भारतको त छिमेकीको सीमा मिच्ने काम नै हो । अहिले चीनले पनि हाम्रो जमिन मिचेको देख्दा अचम्म मान्नु परेको छ । भारत चीन मिलेर लिपुलेक हुँदै मानसरोवर जाने बाटो बनाएका छ्न, यसको प्रतिवाद गर्दै जनतालाई हामीले सचेत गराउनुपर्छ । ”
नेता गजुरेलले चीनियाँ नेताहरुले बेला बेला नेपालको सार्बभौमसत्ता बिरुद्व जाने कसैलाई छोडदैनौ भन्ने गरेको भन्दै लिपुलेकमा भारत सङ्ग मिलेर नेपालमा बाटो बनाउने काम के हो ? भन्ने प्रश्न गरे ।
यसअघि बिभिन्न नाराबाजी गर्दै जूलूस निकालिएको थियो । सो अवसरमा रास्ट्रिय स्वाधीनताको रक्षाको पक्षमा,सहकारी घोटाला र भ्रष्टाचारको विरुद्ध,संविधान संशोधन होइन खारेज गर्नुपर्ने लयायतका नारा लगाइएको थियो ।