कविता
रवि ‘विकल्प’
त्यो दिन !
बोली हराएको त्यो दिन
दुई बिसे र चार बर्ष अघि
समाजलाई धकेलिएको त्यो दिन !
इतिहासको पुर्नरावृति भएको त्यो क्षण
म लालझण्डाले बेरिएर
कोलाहलमा चिच्याइरहेको थिएँ
ऐ मुकर्दशक हो !
उठ जाग सडकमा भन्दै
म आह्वान गरिरहेको थिएँ
उठ जनसेनानीहरु
मानौ ! त्यो दिन म बहुलाएको थिएँ
तानाशाहहरु चिर्यस गरिरहेको क्षण
एकता टुक्रिएको त्यो दिन
निष्पृह अन्धकारमा देश हेलिएको त्यो रात
जनतन्त्रमा बज्र प्रहार गरिएको त्यो बेला
म राँके जुलुस ल्याऔं भन्दै कुदिरहेको थिएँ
नयाँ आधारमा नयाँ एकताको अपिल गर्दै …..






