Share this News on Social Networking Pages

बुटवल,२ माघ ।
बुटवल उपमहानगरपालिकाकाे आयोजना र राष्ट्रिय लाेक दाेहाेरी प्रतिष्ठान लुम्बिनी प्रदेश समितिकाे ब्यवस्थापनमा आयोजित दाेस्राे वडा स्तरीय लाेक भजन प्रतियोगिताकाे उपाधि बुटवल उपमहानगरपालिका वडा नं १७ काे मुक्तेश्वर शिव मन्दिर भजन समुहले हातपरेकाे छ ।

प्रतियोगितामा बुटवल उपमहानगरपालिका वडा नं १२ काे पराेपकार एकादशी भजन समुह द्वितीय, बुटवल ७ स्थित सिद्देश्वर शिवालय मन्दिर भजन समुह तृतीय र बुटवल ८ स्थित राधाकृष्ण मन्दिर भजन समुह सान्त्वना भएका छन् ।

विजेता तथा बिभिन्न बिधामा उत्कृष्ट हुने समुहलाई आज अपरान्ह बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र शान्त्वना हुने समुहले क्रमशः ३० हजार, २० हजार, १५ हजार र १० हजारसहित प्रमाणपत्र प्राप्त गरेका छन् ।

साे अवसरमा नगर प्रमुख पाण्डेयले लाेक संस्कृतिको संरक्षण गर्ने उदेश्यले बुटवल उपमहानगरपालिकाले बिभिन्न जात जाति तथा समुदायसँग सम्बन्धित कार्यक्रम सञ्चालन गर्दै आएको भन्दै साेही कार्यक्रम अन्तर्गत लाेक भजन प्रतियोगिता आयोजना गरिएको बताए ।

“हाम्रो चाहना लाेकसँस्कृतिकाे जगेर्ना” भन्ने नाराका साथ बुटवल उपमहानगरपालिकाकाे सहयोग र राष्ट्रिय लाेक तथा दाेहाेरी गित प्रतिस्ठान लुम्बिनी प्रदेश समितिकाे ब्यवस्थापनमा दाेश्रो लाेक भजन प्रतियोगिता आयोजना गरिएको भन्दै नगर प्रमुख पाण्डेयले यस्ता खाले कार्यक्रमले नयाँ पुस्तालाई पुरानो माैलिक संस्कृति बारे ज्ञान प्राप्त हुने विश्वास ब्यक्त गरे ।

लाेक संस्कृति जोगाउनु सबैको साझा लायित्व भएको बताउंदै उनलेे नयां पुस्तालाई लोक भजनमा आर्कषित गराउनु पर्नेमा जोड दिए ।

उनले लोक भजन हाम्रो संस्कृतिसंग जोडिएको बताउंदै लोपउन्मुखको अवस्थामा रहेको हाम्रो परम्परादेखिको लोकभजन जर्गेनका लागि स्थानीय सरकारको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्दता जनाए ।

दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा बुटवल नगर भित्रका २६ वटा भजन समुहको सहभागीता रहेको निर्णायक डिल्लिनारायण पाण्डेयले जानकारी दिए ।

प्रथम,द्वितीय,तृतीय,सान्त्वनासहित प्रतियोगितामा बिभिन्न बिधामा उत्कृष्ट हुने समुहलाई पनि पुरस्कृत गरिएको थियो ।

प्रतियोगितामा नेपाल लोक भजन चुट्का संरक्षण मञ्चका केन्द्रीय अध्यक्ष नारायण लेकाली, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान लुम्बिनी प्रदेशका संरक्षक तथा केन्द्रीय सदस्य डिल्लीनारायण पाण्डेय र प्रतिष्ठानका पूर्व सदस्य नारायण भुसाल निर्णायकको भूमिकामा थिए ।

राष्ट्रिय लोक दोहोरी प्रतिठान लुम्बिनी प्रदेशका अध्यक्ष दीपु मगरको अध्यक्षता र प्रतिष्ठानका सचिव योगराज पोखरेलको सञ्चालनमा कार्यक्रम भएको थियो ।