काठमाडौँ,२ माघ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ता तथा रवि लामिछानेका समर्थकहरुले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि हातपात गरेका छन् । काठमाडौँ जिल्ला अदालत परिसरमा त्रिपाठीमाथि रास्वपा कार्यकर्ताहरूले हातपात गरेका हुन् ।
बुधवार रवि लामिछानेमाथिको मुद्दामा बहस सकिएपछि बाहिर निस्कने क्रममा उनीहरूले त्रिपाठीमाथि हातपात गरेका हुन् । त्रिपाठीले स्वर्णलक्ष्मी सहकारी पीडितका तर्फबाट बहस गरेका थिए । आक्रमणमा संलग्न १ जना पक्राउ परेको प्रहरीले जनाएको छ ।