बुटवल,१ माघ ।
बुटवलमा आजदेखि वडा स्तरीय लाेक भजन प्रतियोगिता सुरु भएको छ ।

प्रतियोगिताकाे मंगलबार बुटवल उपमहानगरपालिका वडा नं ७ शिवनगर स्थित नन्दनी गौशालामा एक कार्यक्रमकाबीच बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले शुभारम्भ गरेका हुन् ।

साे अवसरमा नगर प्रमुख पाण्डेयले लाेक संस्कृतिको संरक्षण गर्ने उदेश्यले बुटवल उपमहानगरपालिकाले सबै जाति तथा समुदायसँग सम्बन्धित बिबिध कार्यक्रम सञ्चालन गर्दै आएको भन्दै साेही कार्यक्रम अन्तर्गत लाेक भजन प्रतियोगिता आयोजना गरिएको बताए ।

“हाम्रो चाहना लाेकसँस्कृतिकाे जगेर्ना” भन्ने नाराका साथ बुटवल उपमहानगरपालिकाकाे सहयोग र राष्ट्रिय लाेक तथा दाेहाेरी गित प्रतिस्ठान लुम्बिनी प्रदेश समितिकाे ब्यवस्थापनमा दाेश्रो लाेक भजन प्रतियोगिता आयोजना गरिएको भन्दै नगर प्रमुख पाण्डेयले यस्ता खाले कार्यक्रमले नयाँ पुस्तालाई पुरानो माैलिक संस्कृति बारे ज्ञान प्राप्त हुने विश्वास ब्यक्त गरे ।

राष्ट्रिय लाेक तथा दाेहाेरी गित प्रतिस्ठान लुम्बिनीका अध्यक्ष दिपु मगरको सभापतित्व र नगर प्रमुख पाण्डेयकाे प्रमुख आतिथ्यतामा सम्पन्न प्रतियोगिताकाे उदघाटन कार्यक्रममा राष्ट्रिय लाेक तथा दाेहाेरी गित प्रतिस्ठानकी अध्यक्ष रीता थापालगायतले कार्यक्रमकाे उदेश्य र महत्व बारे आ आफ्नो भनाइ राखेका थिए ।

भाेली बुधबारसम्म चल्ने प्रतियोगितामा बुटवल नगर भित्रका ३१ वटा भजन समुहको सहभागीता रहेको सचिव याेगराज पाेखरेलले जानकारी दिए ।