काठमाडौं,१ माघ ।
एसईई परिक्षा चैत ७ गतेदेखि हुने परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले जनाएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले आज २०८१ सालको एसईई परीक्षाको तालिका सार्वजनिक गरेको हो ।
परीक्षा तालिकाअनुसार चैत ७ गते पहिलो दिन अनिवार्य अङ्ग्रेजी, दोस्रो दिन अनिवार्य नेपाली, चैत १० गते अनिवार्य गणित, १२ गते अनिवार्य विज्ञान विषयको परीक्षा हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । परीक्षा बिहान ८:०० बजेदेखि सुरु भएर ११:०० बजे सकिने परीक्षा तालिकामा उल्लेख छ ।