Share this News on Social Networking Pages

बुटवल,२९ पुस ।
लुम्बिनी प्रदेश सरकारले माघी पर्वको अवसरमा माघ २ गते प्रदेशभर सार्वजनिक विदा दिएको छ ।

प्रदेशको आन्तरिक मामिला कानून तथा सञ्चार मन्त्रालयले साेमबार एक बिज्ञप्ति जारी गरी प्रदेश सरकारको २०८० चैत २१ गतेको निर्णय अनुसार माघ २ गते माघे संक्रान्तिको अवसरमा विदा दिइएकाे जानकारी गराएको हो ।

मन्त्रालयका बरिष्ठ शाखा अधिकृत गंगाधर पाण्डेयद्वारा जारी बिज्ञप्तिमा प्रदेश सरकारको २०८० चैत २१ गतेको निर्णय अनुसार माघे संक्रान्तिको अवसरमा माघ २ गते प्रदेशभर सार्वजनिक बिदा रहेको जनाइएको छ ।