काठमाडौँ,२८ पुस ।
शिक्षक सेवा आयोगले माध्यमिक तह, तृतीय श्रेणी प्रतियोगितात्मक परीक्षाको विज्ञापन प्रकाशन गरेको छ ।

आयोगले आइतबार एक सूचना जारी गरी विभिन्न विषयका
माद्यामिक तहका ३६८ जना शिक्षकको माग गरेको हो ।

२०८१ पौष २६ गतेको निर्णयअनुसार सामुदायिक विद्यालयको माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदका प्रतियोगितात्मक परीक्षाबाट स्थायी पदपूर्ति गर्न दरखास्त आह्वान गरिएको अयोगले जनाएको छ ।

न्यूनतम योग्यता पुगेका इच्छुक उम्मेदवारहरूले आजदेखि अनलाइन प्रणालीबाट दरखास्त पेस गर्न सकिने आयोगद्वारा जारी सुचनामा जनाइएको छ ।