बुटवल,२७ पुस ।
बुटवलको जितगढी स्थित एडमण्ड सिटि हस्पिटलद्वारा आयोजित एक दिने बृहत निशुल्क स्वास्थ्य शिबिर शनिबार सम्पन्न भएको छ ।

बृहत स्वास्थ्य शिविरकाे शनिबार बिहान एक कार्यक्रमकाबीच
बुटवल उपमहानगरपालिका वडा नं १३ का अध्यक्ष नाराय सिं पुनले शुभारम्भ गरेका थिए ।

साे अवसरमा वडा अध्यक्ष पुनले बृहत निशुल्क स्वास्थ्य शिविर राखेर अस्पतालले मानवीय सेवाको काम गरेको भन्दै अन्य अस्पतालहरूले पनि यस्ता खालका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जाेड दिए ।

अस्पतालका अध्यक्ष प्रकाश रानाले यस क्षेत्रका जनतालाई आफ्नो नजिकै रहेको अस्पतालबाट एक दिन भए पनि निशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने उदेश्यले बृहत निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको जानकारी गराउदै यसलाई आगामी दिनमा पनि निरन्तरता दिने बताए ।

बृहत निशुल्क स्वास्थ्य शिविर मार्फत ३५० बढी नागरिकले विशेषज्ञ स्वास्थ्य सेवा लिएको कार्यक्रम सञ्चालक मुक्ति काफ्लेले जानकारी दिए ।

शिविरमा हाडजोर्नी तथा नसा रोग विशेषज्ञ,जनरल तथा ल्याप्रेसकोपिक सर्जरी सेवा,बालरोग, स्त्री तथा प्रसुती रोग, जनरल फिजिसियन, दन्तरोग,सुगर, थाइरोइड,भिडियो एक्स रे सेवा निशुल्क परिक्षण गरिनुका साथै औषधि बितरण समेत गरिएको उनलेे बताए ।