Share this News on Social Networking Pages

पाेखरा,२५ पुस ।
सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपाका सभापति तथा पुर्व गृहमन्त्री रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।

बिहीबार अपरान्ह कास्की जिल्ला अदालतका न्ययाधिश नीतिज राईको इजलासले उनलाई ६५ लाख धरौटीमा छाड्न आदेश दिएको हो ।

अदालतले तोकेको धरौटी बुझाए लामिछाने रिहा हुनेछन् ।

यही पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले सहकारीको रकम अपचलनको आरोपमा रास्वपा सभापति लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

सभापति लामिछानेमाथि सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा समेत मुद्दा दायर भएको थियो । लामिछानेसहित १९ जनाविरुद्ध सङ्गठित अपराधमासमेत मुद्दा चलाइएको थियो ।

सहकारीको बचत रकम अपचलन गरेको आरोपमा रास्वपा सभापति लामिछाने गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका थिए ।