बुटवल,२५ पुस ।
शीतलहरका कारण पुर्व पश्चिम राजमार्ग अन्तर्गत बुटवल-नारायणगढ सडकखण्डको दाउन्नेमा पुनः सवारी आवागमन अवरुद्ध भएको छ ।
मङ्गलबार रातिदेखि अवरुद्ध भएर हिजो केही समय एकतर्फी रुपमा सुचारु भएकाे सडक गएराति देखि पुनः अवरुद्ध भएको हो । शीतलहरका कारण सडक चिप्लो भएपछि गए रातिदेखि फेरि सडक पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।
अहिले दुवैतर्फ सवारी साधनको लामो लाइन छ । रातभरको जामका कारण यात्रुले सास्ती भोग्न बाध्य भएका छन् । कतिपय यात्रुहरु भने रातभर हिँडेर दाउन्ने खण्ड पार गरेका छन् ।
बुटवल-नारायणगढ सडक विस्तारको क्रममा रहेकाले दाउने खण्डमा सडक विस्तारको काम पनि भइरहेकाले हिलो हुँदा त्यसले थप समस्या भएको छ । पटकपटक दाउने खण्डमा हुने अवरोधले यात्रुले सास्ती भोग्दै आएका छन् ।









