बुटवल,२४ पुस ।
णपूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका ४ दाउन्ने स्थित खुर्साने खोलामा सवारी आवागमन प्रभावित भएको छ ।
साे क्षेत्रमा दृश्य कमजोर हुनुका साथै सडक चिप्लो भएपछि
मंगलबार राति १ बजेतिर दुईतर्फी नै बाटो अवरुद्ध भएको थियो । जसका कारण दुवैतर्फ २०० बढी सवारी साधन रोकिएका थिए ।
सवारी आवागमन प्रभावित भएको सूचना पाएपछि राति नै सो क्षेत्रमा प्रहरी टोली खटाइएको थियो । जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका प्रहरी नायव उपरीक्षक रेशम बोहराका अनुसार आज बिहानपख सवा ३ बजेतिर एकतर्फी सवारी साधन सञ्चालन भएकाे छ । तर, अहिले पनि बाटो चिप्लो भएकाले मालबाहक गाडीहरु सञ्चालनमा कठिनाइ भइरहेको उनले बताए ।
आज बिहान तराई मधेशका धेरै स्थानहरूमा हुस्सु/कुहिरो लागेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यसले जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उड्डयनमा क्षणिक असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
यद्यपि शीतलहर चलेको घोषणा भने महाशाखाले गरिसकेको छैन ।









