काठमाडौं,२३ पुस ।
उपचार नपाएर बझाङमा सुत्केरी महिला र शिशुको मृत्यु भएको छ ।
जिल्लाकाे केदारस्युँ गाउँपालिका–१ डुडिलकी २१ वर्षीया सविता बोहरा र नवजात शिशुको सोमबार अस्पताल लैजाने क्रममा मृत्यु भएको वडाध्यक्ष वीरबहादुर भण्डारीले जानकारी दिए ।
गर्भावस्थामा रहेकी सवितालाई तत्काल अस्पताल पुर्याउनुपर्ने भए पनि समयमै स्वास्थ्य सेवा उपलब्ध हुन नसक्दा अस्पताल लैजाने क्रममा बाटोमै बच्चा जन्मिएको थियो ।
अत्यधिक रक्तस्रावका कारण बच्चा जन्मिएको केही समयमै आमा र शिशु दुवैको मृत्यु भएको वडाध्यग भण्डारीले बताए ।