बुटवल,२१ पुस ।
पछिल्लो समय चिसो बढ्दै गएपछि रुपन्देहीका तीन स्थानीय तह ले विद्यालयमा बिदा दिएका छन् । जिल्लाका दक्षिण भेगका मर्चवारी, कोटहीमाई र सम्मरीमाई गाउँपालिकामा सोमबारदेखि जाडो बिदा दिएका हुन् ।
सम्मरीमाई र मर्चवारीले पुस २२ देखि माघ २ गतेसम्म बिदा दिएका छन भने कोटहीमाईले पुस २२ देखि पुस २९ गतेसम्म बिदा दिएको छ ।
शितलहरका कारण चिसो अत्याधिक बढेकाले विद्यार्थीको स्वास्थ्यमा असर पर्न सक्ने भएकोले हिउँदे बिदाबाट कट्टा हुने गरी गाउँपालिकाअन्तर्गत सञ्चालित सम्पूर्ण सामुदायिक, धार्मिक तथा संस्थागत विद्यालयमा बिदा दिइएको मर्चवारी गाउँपालिका अध्यक्ष गयाप्रसाद बरईले बताए । तीन पालिकामै माघ ३ गतेदेखि पठनपाठन सुरु हुने उनको भनाइ छ ।
बिदा दिइए पनि विद्यालयको प्रशासनिक कामकाज खुला राख्न भनिएको सम्मरीमाई गाउँपालिकाका अध्यक्ष विनोदकुमार श्रीवास्तवले बताए ।









