काठमाडौं,१९ पुस ।
मुगुको लुमा आसपास केन्द्र भएर भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शुक्रबार बिहान ८ बजेर तीन मिनेट जाँदा भूकम्प गएको हो ।
मुगुको लुमा आसपास केन्द्र भएर ४.४ म्याग्निच्यूडको भूकम्प गएको केन्द्रले जनाएको छ । पछिल्लो समय पश्चिम नेपालमा लगातार सानोसानो भूकम्प गइराखेको छ ।
पछिल्लो समय सुदूरपश्चिम र कर्णालीमा लगातार भूकम्प गइरहेको छ । केन्द्रको तथ्यांक अनुसार बाजुराको जगन्नाथ गाउँपालिकाको गोत्री आसपास केन्द्रबिन्दु बनाएर पुस ६ मा ५ दशमलव २ म्याग्निच्यूडको भूकम्प गएपछि लगातार भूकम्पले धक्का दिइराखेको छ । यो भूकम्पपछि दार्चुला, जाजरकोट, बैतडी र मुगुमा चार म्याग्निच्यूडभन्दा ठुला भूकम्प गइसकेका छन ।
केन्द्र अनुसार सुदूरपश्चिम र कर्णालीमा यो वर्ष पुस १६ सम्ममा चार म्याग्निच्युडभन्दा माथिको भूकम्प ९ पटक गइसकेको छ । त्यो भन्दा साना भूकम्प दर्जनौ पटक गइसकेका छन् ।





