नवलपरासी,१८ पुस ।
पत्रकार समेत रहेका रवि पाण्डेयले ‘संघर्षको मैदानबाट’ मुक्तक सङ्ग्रह ल्याउने तयारी गरेका छन् । ‘विकल्प’ साहित्यिक नामले परिचित उनको ‘रक्तक्रान्ति’ प्रगतिशिल गजल सङ्ग्रह यस अघि प्रकाशित कृति हो ।
मार्क्सवादी सौर्न्दर्य चिन्तक मोहन बैध्य ‘किरण’को शुभकामना र वरिष्ठ साहित्यकार डा. घनश्याम न्यौपाने ‘परिश्रमी’को भुमिका लेखन रहेको मुक्तक सङ्ग्रहमा ४० मुक्तक समाबेस गरिएको छ । बर्दघाट प्रज्ञा प्रतिष्ठानले प्रकाशकको जिम्मा रहेको ‘संघर्षको मैदानबाट’ मुक्तक सङ्ग्रहको छिटटै बिमोचन गर्ने योजना रहेको साहित्यकार पाण्डेयले बताए । ‘रक्तक्रान्ति’ र ‘संघर्षको मैदानबाट’ मेरो प्रारम्भिक चरणका कृतिहरु हुन – उनले भने – “पाठकको सिर्जनात्मक सुझाब सहित अन्य कृतिरु लिएर आउने बिचार छ ।” दुबै कृतिहरु प्रगतिशील एवं जनवादी प्रकारको रहेको उनको भनाइ छ ।
पाण्डेय क्रान्तिकारी प्रेस संगठनमा आवद्व हुँदै हाल क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको नवनिर्वाचित बैकल्पिक केन्द्रीय सदस्य तथा नवलपरासी जिल्ला सेक्रेटरीको जिम्मेवारीमा छ्न । करिब दुई दशकको पत्रकारितालाई सहायक बनाएर उनी ‘क्रान्तिकारी’ राजनीति मा होमिएका छन् ।






