राष्ट्रपति रामचन्द्र पौडेल राष्ट्रपति भवन शीतलनिवासमा बुधबार आयोजित समारोहमा विभिन्न देशका लागि नियुक्त गरिएका नवनियुक्त राजदूतहरुलाई पद तथा गोपनीयताको शपथ गराउँदै । तस्बिर: प्रदीपराज वन्त/रासस

काठमाडौं,१७ पुस ।
विभिन्न मुलुकका लागि नवनियुक्त राजदूतहरूले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा उनले गणतन्त्र पोर्चुगल, मलेसिया, गणतन्त्र दक्षिण अफ्रिका, बेल्जियम अधिराज्य, डेनमार्कका लागि नवनियुक्त राजदूतलाई शपथ गराएका हुन् ।

राजदूत प्रकाशमणी पौडेल गणतन्त्र पोर्चुगल, डा नेत्रप्रसाद तिम्सिना मलेसिया, प्राडा कपिलमान श्रेष्ठ गणतन्त्र दक्षिण अफ्रिका, सेवा लम्साल बेल्जियम अधिराज्य र सुम्निमा तुलाधर डेनमार्कले आज राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।