चितवन,१४ पुस ।
गैँडाको आक्रमणबाट चितवनमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा खैरहनी नगरपालिका वडा नम्बर १३ की ३२ बर्षिया मेन्दोमाया भण्डारी रहेकी छन् ।
भण्डारीलाई कुमरोज मध्यवर्ती सामुदायिक वनमा गैँडाले आक्रमण गरेको हो । निकुञ्जका सूचना अधिकारी अबिनास थापा मगरका अनुसार आज बिहान ११ बजे घाँस काट्न गएकी भण्डारीको गैँडाको आक्रमणबाट घटनास्थलमै मृत्यु भएको हो ।
भण्डारीको शव पोष्टमार्टमका लागि भरतपुर अस्पताल राखिएको छ ।
घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





