बुटवल,११ पुस ।
बुटवलमा सञ्चालित औद्योगिक व्यापार मेलामा आयाेजित खुला लोक तथा दोहोरी गित प्रतियोगिताको पहिलो चरणको प्रतिस्पर्धा बिहीबार सकिएको छ ।
प्रतियोगितामा १० टिम सहभागि रहेकोमा पहिलो चरणमा ४ टिम बाहिरिएका हुन् ।
त्यसैगरी अर्को भ्वाईस अफ बुटवल पनि भएको छ । यो प्रतियोगितामा १० जनाबाट हालसम्म ४ जना बाहिरिएका छन् ।
मेलामा बिहिबार लोक तथा दोहोरी गायक श्याम राना, सपना गाहा, विधान कार्की, सुनि तामी, निरु गुरुङ, हरि खत्री, हास्य कलाकार कमल गाउँले, डान्सर विना धिताल, शिल्पा मगर लगायतका कलाकारहरुको प्रस्तुती रहेको थियो ।
त्यसैगरी भोलि (शुक्रबार) दीपक बज्राचार्य एण्ड द ¥यादम व्याण्डको प्रस्तुती रहने छ । त्यसैगरी लोक तथा दोहोरी गायिका सर्मिला विसी, विन्दु परियार, रामेश्वर ढकाल लगायतका कलाकारहरुको प्रस्तुती रहने सांस्कृतिक कार्यक्रम संयोजक निर्मित कसजूले जानकारी दिए ।
त्यस्तैगरी विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता, खुला लोक दोहोरी गित प्रतियोगिता र डान्स च्याम्स अफ बुटवल प्रतियोगिता हुने प्रचार प्रसार उपसमितिका संयोजक दीपकप्रसाद चापागाईले बताए ।
यहि पुसको ३ गतेदेखि सुरु भएको औद्योगिक व्यापार मेला १८ गते सम्म सञ्चालन हुने छ । ‘लगानी लुम्बिनीमा, समृद्धि देशमा’ भन्ने मुल नारा सहित आयोजना गरिएको मेलामा ५ सय स्टल सहभागि छन् ।
मेलामा औद्योगिक प्रदर्शनी, हस्तकला प्रदर्शनी, कृषि प्रदर्शनी र प्रविधिको प्रदर्शनी तथा विक्रि वितरण, विभिन्न विधामा प्रतियोगितात्मक कार्यक्रम सहित सांस्कृतिक सांगितिक कार्यक्रम भईरहेको मेला कार्यसम्पादन समितिका सदस्य तथा प्रचार प्रसार उपसमितिका संयोजक दीपक चापागाईले बताए ।






